हलो जुवा र नियाँ

भ्रष्टाचारको कुरा गर्नेहो भने नेकपा सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाई काण्ड, भ्रष्टाचार काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, केही दिन पहिले भएको रुकुम काण्डको छानविन हुन सकेको छैन । हुँदाहँुदासरकारका मन्त्रीलाई प्रश्न सोधेकै आधारमा एक पत्रकारले जागिर गुमाउनुपरेको थियो ।

कृषिप्रधान देशमा हलोर जुवाको ठूलो भूमिका हुन्छ भनौँ वा परम्परागत कृषि पेसामा हलोर जुवाको ठूलो महत्व थियो ।आधुनिक कृषि सुरुभएपछि गाउँ दूरदराजमा समेत हलो र जुवा प्रयोग विस्तारै लोप हुने सम्भावना पनि उत्तिकै रहेको छ ।म सुदूरपश्चिमको विकट जिल्ला बझाङमा जन्मेको एक भुइँमान्छे हुँ । हाम्रोतिर खेत जोत्दा हलो,जुवा,मैलडो,गोरु नभई हुँदैन । तर, हलोलाई बनाउने तरिका गाउँठाउँ अनुसार फरकफरक हुन्छ र चिन्ने नाम पनि फरकफरक हुन्छ । म मेरै जन्मेको गाउँमा बोलिने भाषामा चिन्ने हलो,जुवा र नियाँको कुरा गरिरहेको छु । नियाँ कानुनीभाषामा समेत बोलिने गरिन्छ वा सम्झिने गरिन्छ । हाम्रोतिर हलोमा पनि नियाँ नभई खेत जोत्न सकिँदैन ।

हाम्रो भाषामा नियाँ भनेको हलो र ओग (हलीले हलो अड्याउन समात्ने काठ)को बीचमा राख्ने काठको सानो टुक्रालाई नियाँ भन्ने गरिन्छ। गाउँ र ठाउँअनुसार हलोका अंगहरूलाई चिनाउनेविभिन्न नाम हुन्छन् । जस्तै अनौ,हरिस,सोईला,जोतारो,हल्लुँडो ,फाली यिनीहरू हलोलाई पूर्णरूप दिन प्रयोग हुने सामग्री हुन। ठाउँअनुसार यी अंगलाई विभिन्न नामले चिन्ने गर्दछन् ।

यो नियाँ भन्ने चिज बडो गजबको हुन्छ ।हामी परम्परागत तरिकाले खेती गर्नेभुइँमान्छेहरूपनि हलोलाई सही र बलियो बनाइराख्न नियाँ बेलाबेला ठोकीनै रहन्छाँै । जसरी कानुनी राज्यमा कानुनलाई कानुनबाटनै अपहरण हुँदा कानुनलेनै ठोक्नुपर्दछ र देशले नियाँ पाउँछ ।हलोको नियाँ र कानुनले दिने नियाँ जनताका लागि उस्तैउस्तै हो ।कतिबेला भाँचिन्छ थाहै हुँदैन ।परम्परागतनै भएपनि गजबको इन्जिनियरिङमा निर्माण गरिएको हलो,जुवालाई हेर्दै खेती गरेको पनि वर्षै बित्यो तर नियाँ हलोमा मिलेन भने खेत जोत्न कहिल्यै सकिनँ । खेत जोत्न एक हल गोरु,हलो, जुवा, मैलडोलाई मिलाउन बीचमा थुप्रै सरसामानको व्यवस्था गरिनुपर्ने हुन्छ । हलोको डाँडीले मात्र खेत जोत्न सकिँदैन ।

पूरा हलो बनाउन हलो,फाली, ओग,हलानो नियाँ, भएपछि मात्र हलोले पूर्ण आकार दिइन्छ ।हलगोरु बाँध्न पनि जुवाजुवामा प्रयोग हुने तानाबाना,गोरुको मुखमा लगाउने खुख्यौडा, र यो सबैलाई एक ठाउँमा जोड्ने हल्लुँडो नभई खेतीपातीको कुनै काम हुँदैन । यसमा सबैको आफ्नो आफ्नै भूमिका छ ।तर,हल्लुँडो चुँडियो भने हल गोरु र हलो अलग हुन्छ नियाँ भाचियो भने हलो, हलानो, ओग, हलगोरु र नियाँ सबै अलगअलग हुन्छन र खेत जोत्न फेरी एकपटक नियाँलाई बीचमा राखेर ठोकठाक गर्नु पर्दछ ।

किसानको हलोको नियाँ बेलाबेला भाँचिए जसरी कानुनी राज्यमा जनताले कानुन सम्भवतः पाउने नियाँ पनि भाँचिदै आएका छन् । जसरी खेतका ढुंगामा हलो अड्किँदा नियाँ भाचिन्छ त्यसैगरी आर्थिक लेनदेनमा कानुन अड्किँदा निमुखाले पाउने नियाँ भाँचिएका छन् । यो देशमा यस्ता थुप्रै उदाहरण लिन सकिन्छ । उदाहरणनै लिनेहो भने जंगबहादुरले कोतपर्व मच्चाउँदा पनि नियाँ भाचिएको थियो ।

नेपालमा नियाँ भाचिएको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापाको कुरा गरौँ। पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारबाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिरअगाडि रुखमा झुण्ड्याएर मारिएको थियो । उनको बाँच्न पाउने अधिकारको हनन् भयो मानवअधिकारको हनन् भयो तर उनले पाउने नियाँनिसाफ पनि भाँचियो र उनीजस्तै थुप्रै सहिदकोईहलीला समाप्त गरियो । कोतपर्वपछि ०३५ सालमाराज्यका तर्फबाट नेपाल सेनामै कार्यरथक्याप्टेन यज्ञबहादुर थापाको अपहरणपछि हत्या गरियो नियाँ फेरी भाँचियो । ०३५ सालमाक्याप्टेन यज्ञबहादुर थापा र अर्का भीमनारायण श्रेष्ठलाई काठमाडौंबाट हेटौंडा लगेर हत्या गरियो ।

यज्ञबहादुर थापालाई पक्राउ गरी खोटाङबाट काठमाडाैं पु¥याउने थापाकै सहपाठी अहिले पनि जीवितनै छन् । थापा रश्रेष्ठका लागि यो देशको नियाँ भाँचियो उनीहरूले नियाँ पाएनन् ।पछि माओवादी युद्धकालमा१६ हजारले ज्यान गुमाउनुप¥यो । माओवादीले आन्दोलन सुरु गरेको दोस्रो हप्तामै नाबालक दिलबहादुर रम्तेलको हत्या भयो।राणाशासनदेखि प्रजातन्त्र आउन्जेल धेरैको हत्या भएको थियो । तिनको लेखाजोखा गर्दै जानेहो भने नेपालका शासकहरूले नै अपराधी भएर जेल बस्नुपर्ने हुन्छ ।कसैको सत्ता बचाउन गरिएका हत्याहुन् । राजनीतिमा मारिएका हरूले कहिलै नियाँ पाउँदैनन् ।

अब कुरा गरौँ बलात्कारपछि हत्या भएकाहरूको । आजभन्दा ३९ वर्ष पहिले अर्थात् ०३८ साल जेठ १८ गते भएको एक घटनालाई सम्झौँ । काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारका छोरी नमिता–सुमिता, पोखरा जान्छन्। पहिलोपटक पोखराघुम्न गएकी नमिता र सुमिताको कहिल्यै नफर्कने गरी पोखरामा ईहलीला समाप्त गरिन्छ । तत्कालीन सरकारप्रति चर्को आलोचना भएपछि उनका परिवारलाई राहात दिएर काण्ड गुमनाममा राखियो । नमिता–सुमितापर्यटन मन्त्रालयका पूर्वकायममुकायम सचिव माधव भण्डारी दुई छोरी हुन् । नमिता सुमिता काण्ड भएको ३८ वर्षपछि सुदूरपश्चिमको कञ्चनपुरमा फेरी अर्को बलात्कारपछि हत्या भयो ।

कञ्चनपुरका बलात्कारपछि हत्या भएकी निमर्ला निम्न वर्गीय परिवारमा जन्मेकी थिइन् ।यो घटनाका दोषीपनि अहिलेसम्मगुमनाम छन् ।निर्मला हत्या काण्ड हुनुभन्दा पहिले गीता ढकालको हत्या भइसकेको थियो । गीता सामान्य परिवारकी मान्छे थिइनन्। गीता रञ्जनकोइरालाकि पत्नी हुन् । रञ्जन गीताको हत्या हुँदा सशस्त्रप्रहरीका डिआइजी थिए । पत्नीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डिआइजीकोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कायम ग¥यो । सर्वाेच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला कैदमुक्त भएका छन् ।

न्यायाधीशको चित्तमा लाग्योकोइराला जेलमुक्त भए ।उता र्निमलाको पन्तको हत्याकाण्डमा मुछिएका प्रहरीहरूकोकारबाही फुकुवा भयो । अब कञ्चनपुरको घटनामा पनि र्निमलानै दोषी ठहरिन बेर छैन । राजनीतिक दलहरूले न्याय आफ्नो कब्जामा लिँदा जनताले पाउने नियाँ मरेको छ ।कुरा आउन सक्छ रञ्जनका छोराले अभिभावक पाउँदा कैलाली क्षेत्र–१ का जनताले अविभावक पाउने अधिकार छैनर ?उनले पनि आफ्नो भोट दिएर जिताएको एक संसद गुमाएका छन् जुन अहिले जेलमै छन । पत्नीको हत्याराले छुटकारा पाउँदा आन्दोलनको नेतृत्व गरेको नेताले नियाँ नपाउने ?एउटा प्रश्न उठ्न सक्छ ।

अब कैलालीको केशमा न्यायाधीशको चित्तमा कहिले लाग्छ होला ?रञ्जन कोइरालाजस्तै राजनीतिक पावर र पैसाको आडमा न्यायाधीशको चित्तमा लाग्ने हो भने अफताभ आलम,सञ्जय टक्लाहरूले जेल सजाय छुट नपाउलान् भन्न सकिँदैन । उता रेसम चौधरी जेलमै सजाय काटिरहने छन् । हुनत आजभन्दा एक वर्ष अगाडि पनि अपहरणका मुख्य योजनाकार मानिएका रौतहटको कटहरिया नगरपालिका–९ का वडाध्यक्ष रामअज्ञा यादव सर्वोच्च अदालतले साधारण तारेखमा रिहा भएका हुन । यादवलाई पनि एक १२ वर्षीय बालक युवराज साहलाई अपहरण गरी एक करोड फिरौती मागेको आरोप थियो ।

अपहरण भएको केही घण्टामै हत्या भएको थियो । देशमा हत्या, बलात्कार, अपहरण हुनु सामान्य भइसकेको छ भने पहुँचको आधारमा नियाँनिसाफ पनि बिक्दै गएको छ । भ्रष्टाचारको कुरा गर्नेहो भने नेकपा सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाई काण्ड, भ्रष्टाचार काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, केहि दिन पहिले भएको रुकुम काण्डको छानविन हुन सकेको छैन । हुँदाहँुदासरकारका मन्त्रीलाई प्रश्न सोधेकै आधारमा एक पत्रकारले जागिर गुमाउनुपरेको थियो । यस्तो आरोप र घटना हेर्दा तत्कालीन राजा पृथ्वीनारायण शाहले भनेको उपदेशको सम्झना आउँछ । शाहले भनेका थिए ‘न्याय हराए गोरखा जानु शिक्षाहराए कासीजानु’ । अदालत निष्पक्ष हुनुपर्ने हो । जनताले कसैको साथ नपाए न्यायालयको साथ पाउँछौ भन्ने आशासमेत मरिसकेको छ ।

प्रतिक्रिया