नेकपाको एकतासंयोगान्त कि, वियोगान्त ?

दुई वर्ष यताका गतिविधिहेर्ने हो भने एमाले र माओवादीकेन्द्र बीचको एकीकरणसुखान्त हुने लक्षण देखिएको छैन बरु दुःखान्तका बादलहरू मडारिन थालेका छन् ।एकीकरण किन सुखान्त हुन सकेन ? दुःखान्तका बादलहरू किन मडारिए ?भन्नेप्रश्नको उत्तर खासै जटिल छैन ।

एमाले र माओवादी केन्द्रबीच एकीकरणभएको घोषणापछिशुभकामना दिँदै नेपाली कांग्रेसका उपसभापतिविमलेन्द्र निधिले भनेका थिए, ‘दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादीबीच एकीकरण गर्न सफल नेताहरूलाई म शुभकामना प्रकट गर्दछु । यो एकीकरण सुखान्त हुन्छ या दुःखान्त? म अहिले नै भन्न सक्दिनँ, सुखान्त भयो भनेमुलुकको लोकतान्त्रिक प्रक्रियालाई सहयोग पुग्नेछ, दुःखान्त भयो भनेमुलुकको लोकतान्त्रिक प्रक्रियामा संकट आउनेछ , म चाहन्छु यो एकीकरण सुखान्त होस् ।’

करिब दुई वर्षअघि अर्थात् ०७५ जेठ ३ गतेतत्कालीनएमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको घोषणा हुँदा मुलुकको राजनीतिकवृत्त तरंगित भएको थियो ।खासगरी वामपन्थी कित्तामा ठूलोउत्साह र केही उत्तेजना प्रकट भएको थियो भने लोकतान्त्रिक कित्ता गम्भीर बनेको थियो । यद्यपि, लोकतान्त्रिक कित्ताका नेताहरूले शुभकामना दिने औपचारिकतामाभने कमी राखेनन् ।तर,त्यतिबेला नेपाली कांग्रेसका उपसभापति निधिले दिएको शुभकामनाका सन्दर्भमा भनेकेही कन्ज्जुस्याइँ भएको पो हो कि? भन्ने टिप्पणी लोकतान्त्रिक कित्ताबाटै भएको थियो ।

दुई वर्ष यताका गतिविधिहेर्ने हो भने एमाले र माओवादीकेन्द्र बीचको एकीकरणसुखान्त हुने लक्षण देखिएको छैन बरु दुःखान्तका बादलहरू मडारिन थालेका छन् ।एकीकरण किन सुखान्त हुन सकेन ? दुःखान्तका बादलहरू किन मडारिए ?भन्नेप्रश्नको उत्तर खासै जटिल छैन ।जुन पार्टी र नेताहरूलाई देश र जनताको हितगर्ने सूत्रले बाँधेको हुन्छ त्योपार्टी दीर्घजीवी तथा टिकाउ हुन्छ ।

तर, व्यक्तिगत स्वार्थसिद्धका लागिभएको जमघट जब पार्टीमा परिणत हुन्छ त्यस्तो पार्टीले न त देश र जनताको भलाई गर्छ न तएक जुट भएर रहन सक्छन् ।यसको उदाहरणका लागि धेरै टाढा जानु पर्दैन ।राणाशासनको अन्तिम समयमाप्रजातान्त्रिक कित्ताका दुई वटा पार्टी एकीकरण भएर नेपाली कांग्रेस जन्म्यो । प्रजातान्त्रिक विचारसँग असहमत पुष्पलाल श्रेष्ठ लगायतका केही नेताहरूले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे ।दुई वटा पार्टी मिलेर बनेको नेपाली कांग्रेस अहिले पनि एक ढिक्का छ ।

बेलाबेलामा उत्पन्न हुने असन्तुष्टि तथा चोइटाहरूलाई फेरी व्यवस्थापन गर्दै अघि बढेको छ । २००७ साल यता भएको सबै अग्रगामी परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । तर, जन्मँदा एउटा मात्रै रहेको नेपाल कम्युनिस्ट पार्टीमा अनेकौँचिरा, उपचिरा फुट र विभाजनबाटगुज्रँदै आएको छ ।पुष्पलालद्वारा स्थापना गरिएको कम्युनिस्ट पार्टीको निरन्तरता दावी गर्नेकम्युनिस्ट पार्टीहरूको संख्या मुलुकमा अहिले पनि एक दर्जनभन्दा बढीछन् ।

कम्युनिस्ट पार्टीहरूको संख्या जे जति भए पनि जनधरातलका हिसाबले मूलधार भनेको नेपालकम्युनिस्ट पार्टी नेकपा नै हो ।गत निर्वाचनमा करिब ४५ प्रतिशत जनमत नेकपाले होल्ड गरेको छ ।बहुदलीय व्यवस्था भएका विश्वकाराजनीतिक दलहरूको अध्ययन गर्ने हो भने एउटै पार्टीले ४५प्रतिशतभन्दा बढी जनमत होल्ड गरेका उदाहरणहरू निकै थोरै छन् । सामान्यतया बहुदलीय व्यवस्था भएका मलुकमा र्शीष स्थानका राजनीतिक दलहरूले ३०÷४० प्रतिशतभन्दा बढी जनमत होल्ड गर्दैनन् ।

एउटै पार्टीलेअत्यधिक सिट तथा जनमत ओगट्दा बहुदलीय व्यवस्थामा शक्ति सन्तुलत बिग्रन्छ । कुनै कारण बस उक्त पार्टीमा संकट आयो भने मुलुकको राजनीतिक प्रणाली नै संकटमा पर्छ ।यतिबेला मुलुकको राजनीति पनि यस्तै संकटबाट गुज्रने लक्षण देखिएको छ ।एउटै पार्टीको करिब दुईतिहाइ बहुमत छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको हैसियतसंसद्को अधिवेशन बोलाउनका लागि निवेदन दर्ता गर्नसक्नेसम्मको छैन ।नेकपाको सरकार असफल भयो भने विकल्पका रूपमा प्रतिपक्षी नेपाली कांग्रेसले सरकार गठन गर्ने हैसियत राख्दैन ।यस्तो अवस्थामामध्यावधि निर्वाचनबाहेक अर्को विकल्प रहन्न । अहिलेको अवस्थामा मध्यावधि निर्वाचन भनेको पनि दुर्घटना नै हो ।

सैद्धान्तिक रूपमामाधव नेपाल ओलीसँग नजिक छन् । ओली र माधव दुवैले बोक्दै आएको मदन भण्डारीको बहुदलीय जनवाद हो, तर प्रचण्डले २१आँै शताव्दीको जनवाद भनिरहेका छन् ।त्यसैगरीमाधव नेपालले अहिले अघि सारेको एजेन्डा भनेको नातावाद, परिवारवाद र हनुमानवादका आधारमा नभएरमेरिटका आधारमा अवसर प्रदान गरियोस् भन्ने हो । यो मामिलामा प्रधानमन्त्री ओलीभन्दा कार्यकारी अध्यक्ष प्रचण्डठीक हुन् त ? यो प्रश्नको उत्तर माधव नेपाललाईस्पष्ट छ ।

ओली र प्रचण्डबीचको भागबन्डामा कस्ताकस्तालाई अवसर दिइएको छ त ? भनेर नाम हेर्ने हो भने ओलीभन्दा प्रचण्ड खतरनाक देखिन्छन् । ओलीले हनुमानवाद लागू गरेको सत्य हो, तर प्रचण्डले हनुमानवादका अतिरिक्त नातावाद र परिवारवाद पनि लागूगरेका छन् ।पुत्रशोकपछि मानसिक रूपमा विक्षिप्त बनेकी पत्नी सीता दाहालबाहेक प्रचण्डले आफ्नो परिवार तथा नातागोताका उमेर पुगेका सबैलाई पजनी गर्न कुनै कसर बाँकी राखेका छैनन् ।कुनै थर विशेषलाई चोट नपुगोस्, ‘पाँडे पजनीको मामिलामाओलीभन्दा प्रचण्ड कैयौँ गुणा अघि छन् ।’

त्यसैलेओली विरुद्धको प्रचण्ड र माधव नेपालको गठबन्धनले लक्ष हासिल गर्न नसक्ने अनुमान गरिएको थियो । नभन्दैपछिल्लो चरणमा त्यस्तै देखिएको छ । तत्कालीन एमालेका नेताहरू प्रचण्डभन्दाओली र नेपाल ठीक भन्ने निचोडमा छन् भने तत्कालीन माओवादी केन्द्रका नेताहरू माधव नेपालभन्दाओली र प्रचण्ड नै ठीक भन्ने निचोडमा छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न द्वन्द्व विचार र सिद्धान्तका लागिभन्दा पनिनेताहरूको व्यक्तिगत स्वार्थका लागि हो भन्ने कुुरा छर्लंग भइसकेको छ ।यो द्वन्द्वलाई विचार र सिद्धान्तको लडाइँ भनेर बामकित्ताका कुनै पनि वुद्धीजीवीहरूले भनेका छैनन् ।प्रधानमन्त्री ओलीले आफ्ना हनुमान तथाभजन मण्डलीलाई मात्रै अवसर दिएका कारण तत्कालीन एमालेको माधवकुमार नेपाल समूह पहिलेदेखि नै असन्तुष्ट थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्ना परिवारका सदस्य, नातेदारहरू, हनुमानहरू तथा भजन मण्डलीहरूलाई अवसर दिएर सत्ताको तर मारिरहेका थिए ।यतिन्जेल ओली र प्रचण्डको स्वार्थ मिलेको थियो ।तर प्रचण्डलाई यतिले मात्रै पुगेन ।

आफैँ प्रधानमन्त्री बन्ने उत्कट महत्वकांक्षा प्रचण्डमा फेरी जाग्रृत भयो । आलोपालो प्रधानमन्त्री बन्ने संझौता पार्टी एकीकरणकै बेला भएको थियो । प्रधानमन्त्री ओलीले त्यो संझौतालाई धोती लगाइदिएकामा प्रचण्ड भित्रभित्रै मुर्मुरिएका थिए ।त्यसैले उनले माधव नेपाल समूहलाई प्रयोग गरेरओलीलाई विस्थापित गरी आफू प्रधानमन्त्री बन्ने रणनीति अघिसारे । नेकपाभित्रको अहिलेको संकट प्रचण्डको त्यही रणनीतिको उपज हो ।

तर, प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै लागि ओलीलाई विस्थापित गर्ने माधव नेपाल सहमत भएका हुन् त ? यो प्रश्नको उत्तर भने त्यति सहज छैन ।माधव नेपालको पनि आफ्नै राण्नीति छ । ओली र प्रचण्डबीच गठबन्धन बनेपछिमाधव समूह पेलानमा परेको हो ।सबै निर्णय ओली र प्रचण्डको सहमतिमा हुन थालेपछिमाधव नेपाल बेरोजगार बनेका थिए । उनको भूमिका पार्टीभित्र शून्य हुँदै गएको थियो ।ओली र प्रचण्डबीचको गठबन्धन नतोडेसम्म आफूले पानी खानेबाटो समेत नपाउने यथार्थताबाट माधव नेपाल अनभिज्ञ थिएनन् । त्यसैले प्रचण्डलाई प्रयोग गरेर ओलीमाथि प्रहार गर्ने अवसरको सदुपयोग गर्न माधव नेपाल चुकेनन् ।

प्रतिक्रिया