‘बेरंग यो जिन्दगी’ मा मायाप्रेम

काठमाडौं । कोरोना संक्रमणको त्राससँगै सरकारले बन्दाबन्दी गरेपछि मनोरञ्जन क्षेत्रमा बन्द भयो । झण्डै तीन महिना देश बन्दाबन्दी हुँदा सांगीतिक क्षेत्रमा भने फाट्टफुट्ट रेकर्डिङ र भिडियो सुटको काम भएको थियो । यसैक्रममा गायिका बानिका प्रधानको आवाज रहेको ‘बेरंग यो जिन्दगी’ बोल बोलको गीत सार्वजनिक भएको छ ।

गीत बेरंगको भए पनि भिडियो भने ढंग पु¥याएर निर्माण गरिएको छ । हालै युट्युबमार्फत सार्वजनिक गीतको भिडियोलाई गायक तथा निर्देशक राजन राईले निर्देशन गरेका छन् । सेन्टिमेन्ट जनराको यस गीतमा अनुप सुब्बाको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा रंगकर्मी सन्दिप श्रेष्ठ र रेनु योगीको अभिनय छ ।

निर्देशक राईकै छायांकन रहेको यस गीतमा सुमित विश्वकर्माको संगीत संयोजन रहेको छ । भिडियोमा एउटा प्रेम कथा देखाइएको छ, जसले सच्चाप्रेम गर्नेहरु प्रेमका लागि कतिसम्म त्याग गर्न सक्छन् भन्ने विषयलाई उधिनिएको छ ।

प्रतिक्रिया