सुनिता र खुमनले ल्याए ‘बेसी मेलैमा’

काठमाडौं । तिजलाई लक्षित गर्दै गायिका सुनिता दुलाल र गायक खुमन अधिकारीले ‘बेसी मेलैमा’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा पुरुष स्वरमा गायिका दुलाललाई गायक खुमन अधिकारीले साथ दिएका छन् ।

नेत्र अर्यालको शब्द रहेको गीतमा कृष्ण बि.क. भाञ्जाको संगीत संयोजन छ । मायाप्रेम र समाजको विषयलाई चित्रण गरिएको गीतमा युवालाई मातृभूमिमै बस्न आग्रह गरिएको छ ।

यही देशमा बसेर कुटो कोदालो गर्न अभिप्रेरित गर्दै गीतमा युवा पलायन भएपछि देशको खेतीयोग्य जमिन बाँझो भएको विषयलाई देखाइएको छ । नेपाली भूमिै केही गर्नुपर्छ भन्ने सोच गीतमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री नम्रता सापकोटाको अभिनय छ । भिडियोमा गायक गायिका सुनिता र खुमनलाई समेत देखाइएको छ । ज्ञानेन्द्र शर्माको छायांकन, नवीन निरौलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी एवं निर्देशन शिव बिकले गरेका हुन् ।

प्रतिक्रिया