कविता ‘मान्छे’

   राजेन्द्र कार्की

न भेटिन्छ
न मेटिन्छ
जतिनै हराएपनि
ढिलो चांडो मात्र हो
कहि न कहि देखिन्छ
नया नया जाल वा सन्जालमा
परिहाल्छ, उम्कदै उम्कदैन ।

पुरै त त्यस्तै हो
देख्नु मात्र के छ
लाईकको बर्षा हुन्छ
ठुलै पराक्रम गरे जस्तो
मानौ योद्दाले युद्द जिते झै
लाग्छ देख्दा कमेन्ट अझै ।

पिडा त छन सबैका
देखाउछ मान्छे को
अरुको पिडामा रमाउने दुनियाँमा
दुस्खको सागरै किन नहोस
नक्कली हासोको ङिच्च दातमा
बेलाकुबेला देखिन्छ मान्छे ।

मानौ यो संसारमा
भग्यामानी उही मात्र हो
सुखकै टाकुरोमा चढे झै मान्छे
मूर्त अमूर्त तस्वीरमा
छणिक बनाउटी खुसी देखाउदै
तछाडको प्रतिस्पर्धामा मान्छे
आफ्नो अस्तित्व कसैलाई सुम्पदै छ ।

दांवा, भोजपुर, हालःभ्यान्कुभर

प्रतिक्रिया