व्याज घटाउने प्रतिस्पर्धा

लक डाउनपछि बैंकवित्तको निक्षेप र ऋण दुवै किसिमको व्याजदर ह्वात्तै घटेको छ । अहिले अधिकांश बैंकहरूले नौ देखि १० प्रतिशतको बीचमा व्याजदर तोकेका छन् । अधिकांशले घर कर्जा र गाडी कर्जाका अफरहरू ल्याएका छन् । विभिन्न बैंकहरूले घर तथा गाडीमा कर्जा प्रवाह गर्नेगरी नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरूले व्याजदर घटाएसँगै घर र गाडीमा लगानी गर्न थालेका हुन् । बैंकहरूमा निक्षेप बढेको छ भने कर्जाको माग कम छ । कोरोनाका कारण व्यापार व्यवसाय सुस्ताएको छ । उद्योग सञ्चालन गर्नेहरू पनि मारमा छन् । लक डाउनका कारण परेको असर साम्य हुन सकेको छैन । जसले गर्दा कर्जाको माग घटेको हो । अहिले घर र गाडी कर्जा १० प्रतिशतभन्दा कममा पाउन थालेपछि धेरैको चासो घर र गाडीमा गएको छ ।

उदाहरणका लागि ग्लोबल आइएमई बैंकले तीन दिनभित्रै कर्जा दिने गरी योजना सार्वजनिक गरेको छ । बैंकले ९ दशमलव ९९ प्रतिशत व्याजदरमा १५ वर्षसम्मका लागि १ करोड ५० लाख रुपैयाँसम्म घर कर्जा दिने योजना ल्याएको छ ।

यो प्रतिस्पर्धा कहाँसम्म पुग्ने हो ? व्याज यति धेरै घटाउँदा पनि कर्जा प्रवाह हुन सकेन भने के गर्ने ? भन्नेतर्फ नेपाल राष्ट्र बैंक सचेत हुनुपर्ने देखिन्छ

यसैगरी हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८ दशमलव ४९ प्रतिशत व्याज दरमा विभिन्न ६ प्रकारका र ९ दशमलव ८९ प्रतिशत व्याज दरमा पाँच प्रकारका सहज र सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेका ८ दशमलव ४९ प्रतिशत व्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यावसायिक कम्प्लेक्स निर्माण कर्जाहरू रहेका छन् ।

त्यसै गरी, ९ दशमलव ८९ प्रतिशत व्याजको कर्जा योजनामा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुविधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् । यो बैंकले १०.३९ प्रतिशत व्याज दरमा व्यावसायिक सवारी साधन कर्जा पनि ल्याएको छ । १० वर्षको अवधि सम्मका लागि पाइने एसएमई कर्जा ग्राहकहरूले न्यूनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । ग्राहकहरूले घर निर्माण वा घरजग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर ०७७ साउन ७ बाट एकल अंकमा हुने गरी तोकेको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरूका लागि कर्जाको व्याजदर अधिकतम ९ दशमलव ३२ प्रतिशत मात्रै हुने गरी तोकेको हो । हाल बैंकको आधारदर ६ दशमलव शून्य ७ प्रतिशत रहेको छ ।

सानिमा बैंकले ९ दशमलव ९९ प्रतिशतमा घर तथा सवारी कर्जा योजना ल्याएको छ । बैंकले १० वर्षका लागि यस्तो कर्जा योजना ल्याएको हो । बैंकले एक वर्षसम्म कर्जाको ब्याजदर नबढाउने जनाएको छ ।

एभरेष्ट बैंकले घर कर्जा ८ दशमलव २५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८ दशमलव २५ प्रतिशत, गाडी कर्जा ९ दशमलव ५५ प्रतिशत, मोटरसाइकल कर्जा १० दशमलव ५५ प्रतिशत र व्यक्तिगत कर्जा ९ दशमलव ५५ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने योजना ल्याएको छ । नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले ‘३६औँ वार्षिकोत्सव योजना’ ल्याएको छ ।

उक्त योजनाअन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष व्याज छुट दिनेछ । जसअन्तर्गत घर कर्जामा ७ दशमलव ९९ प्रतिशत, धितो कर्जामा ८ दशमलव ४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८ दशमलव ४९ प्रतिशत, साना तथा मझौला कर्जामा ७ दशमलव ९९ प्रतिशत सीमित समयका लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरूबाट अगाडि बढाउन सकिनेछ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घर जग्गा तथा सवारी खरिद गर्न ७ दशमलव ५९ प्रतिशत ब्याजदरमा सस्तो कर्जा योजना ल्याएको छ । बैंकले वार्षिक एक वर्षका लागि घरजग्गा तथा सवारी कर्जा योजना ल्याएको हो । सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजनासहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।

सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८ दशमलव ९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले सेयर धितो कर्जामा ९ दशमलव ९५ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । कोरोनाले अर्थव्यवस्थामा परिरहेकको असहज परिस्थितिका बाबजुत पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको जनाएको छ ।

यसैगरी महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि ९ दशमलव ९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने जनाएको छ । आवास कर्जा योजनाअन्तर्गत ऋणिका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बिमाजस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ

सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजनासहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८ दशमलव ९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले सेयर धितो कर्जामा ९ दशमलव ९५प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । कोरोनाले अर्थव्यवस्थामा परिरहेकको असहज परिस्थितिका बाबजुत पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको जनाएको छ ।

यो प्रतिस्पर्धा कहाँसम्म पुग्ने हो ? व्याज यति धेरै घटाउँदा पनि कर्जा प्रवाह हुन सकेन भने के गर्ने ? भन्नेतर्फ नेपाल राष्ट्र बैंक सचेत हुनपर्ने देखिन्छ ।

प्रतिक्रिया