खोजखबर

आज थपिए २४६ जना संक्रमित, कुल संख्या २० हजार ३३२ पुग्यो

सौर्य अनलाइन २०७७ साउन १८ गते १६:३० मा प्रकाशित

काठमाडौं । आइतबार २४६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २० हजार जना ३३२ पुगेको छ ।

पछिल्लो पटक आइतबार २४६ जना संक्रमित थपिएका हुन् । यसैगरी, १४ हजार ६०३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय