नितिनको नयाँ गीत

काठमाडौं । गायक नितिन गजुरेल नयाँ गीत ‘अनुपम रंग’ सार्वजनिक भएको छ । रोमान्टिक फ्लेवरको यस गीतमा मायालुको प्रेम र सुन्दरताको वर्णन गरिएको छ । नीरभिमका शब्द रहेको गीतमा सुदाम थापाले गीत भरेका छन् । चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन् । गीतको भिडियोमा कमल सिंह र सुशिला थापाको रोमान्स देख्न सकिन्छ ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो । गायक गजुरेलले यसअघि ‘दिलके डायरी’, ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीत सार्वजनिक भइसकेका छन् । कोरोना कहरबीच निकै मिहिनेतका साथ गीतको बनाइएको गायक गजुरेलले बताए ।

प्रतिक्रिया