‘सम्बन्ध’ बन्दै

काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको बन्दाबन्दी खुलेसँगै मनोरञ्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ । यसबीचमा म्युजिक भिडियो निर्माणले निकै गति लिएको पाइन्छ ।

गीत तथा भिडियो निर्माणको काम भइरहेका बेला भने केही निर्माताले चलचित्र तथा टेलिफिल्म निर्माणको काम पनि सुरु गरेका छन् । यही क्रममा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’ को छायांकन सुरु भएको छ ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानाको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन हुने टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह (सिम्रन) को गायन छ । रवि केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिफल्मका सहायक निर्देशक राम जे राउत हुन् ।

प्रतिक्रिया