खोजखबर

फरार कैदी नवलपुरको रजहरबाट पक्राउ

सौर्य अनलाइन २०७७ साउन १८ गते १३:५५ मा प्रकाशित

मकवानपुर । भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ । धामी चितवन बस्ने २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए ।

सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । उनलाई आजै कारागार पठाइने जनाइएको छ ।

प्रतिक्रिया