कोरोना विरुद्धका खोप बनाउने वैज्ञानिक

जुन गतिमा कोरोना भाइरस फैलिँदो छ त्यसको निवारणका लागि बनाइँदै गरिएको खोप (भ्याक्सीन) को काम पनि उत्तिकै गतिमा छ । विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस विरुद्धको भ्याक्सीन बनाउँदै गरेका वैज्ञानिकलाई अहिले हतार छ कति छिटो यसको खोप दुनियाँलाई दिने भन्ने ।

‘हामीले यो काम एकदमै तीव्र, तीव्र र तीव्र गतिमा गर्नुपर्ने छ,’ प्राध्यापक सेरा गिल्बर्टले बीबीसीलाई भनिन् । अक्सफर्ड विश्वविद्यालयकी यी वैज्ञानिकलाई आफू हतारमा रहेको थाहा छ । हालसम्म विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्तिलाई संक्रमित बनाइसकेको र करिब साढे ६ लाख व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरसलाई रोक्ने खोप छिटो भन्दा बनाउन उनी प्रयासरत छिन् ।

अक्सफर्ड विश्वविद्यालयस्थित उनको तीन सयसदस्यीय सशक्त टोलीले ‘सामान्यतया करिब पाँच वर्षमा पूरा गर्नुपर्ने खोप विकासका विभिन्न चरण पार गरिसकेको छ । र, हामीले ती कुराहरू चार महिनामा पूरा गरेका छौँ,’ यी भ्याक्सिनोलोजिस्टले भनिन् ।

शुरूमा नतिजा उत्साहप्रद छनः मानवमा गरिएका परीक्षणले खोप सुरक्षित रहेको र भाइरसविरुद्ध प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याएको देखाएको छ । यो वर्षको अन्त्यसम्ममा मानिसहरूम प्रयोगका लागि तयार हुने सुनिश्चित नभए पनि हामी खोप विकासको नजिक पुगिसकेको विश्वास छ ।

बाईस वटा सम्भावित खोप क्लिनिकल ट्रायलमा रहेको र करिब एक सय वटा प्रारम्भिक अनुसन्धानको चरणमा रहेका पृष्ठभूमिमा अक्सफर्ड विश्वविद्यालयको टोलीले कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ ।

प्राध्यापक गिल्बर्टले कोरोनाभाइरस विरुद्धको खोप बनाउने कार्यको नेतृत्व गरिरहेकी छन्। ब्रिटिश–स्वीडीश बहुराष्ट्रिय फर्मास्युटिकल आस्ट्राजेनेकासँग मिलेर अक्सफर्ड विश्वविद्यालयको टोलीले १,०७७ जनामा खोपको परीक्षण गरिरहेको जनाएको छ ।

उनका जीवनसाथीले त्यतिबेला कामलाई थाती राख्न र बच्चाहरूको हेरचाह गर्न भने । त्यस बेला उनलाई एकदमै गाह्रो थियो । ‘सुत्केरी बिदा जम्मा १८ हप्ताको थियो । मैले समय नपुग्दै जन्मिएका तीन सन्तानको हेरचाह गर्नुपरेको थियो, एकदमै तनावपूर्ण थियो,’ यी वैज्ञानिकले आफ्नो अनुभव

उनीहरूको पहिलो सफलताको समाचार बाहिर आएपछि प्राध्यापक गिल्बर्ट रातारात विज्ञान सेलिब्रिटी भइन् । स्वयंसेवकहरूमा गरिएको परीक्षणले प्रतिरोधी क्षमतामा त्यसको असर देखियो । खोपले कोरोना भाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी तथा टी सेल बनाएको पाइयो ।

हुन त कोरोना भाइरसबाट बचाउन त्यो खोप पर्याप्त हुन्छ वा हुँदैन भन्ने कुरा अहिले भन्न सकिन्न तर नतिजा उत्साहजनक छ र ठूलो स्तरमा परीक्षण जारी छ । प्राध्यापक गिल्बर्टको नाम सञ्चारमाध्यममा छायो र अन्तर्वार्ताका लागि उनलाई थुप्रै आग्रहरू आए । यी वैज्ञानिकले दुई दशकभन्दा बढी समय प्रयोगशालामा, अनुसन्धनमा, खोप विकासमा र भावी कामका लागि रकम सुनिश्चित गर्नमा बिताएकी छन् ।

प्राध्यापक गिल्बर्टका अनुसार उनले चिकित्सा अनुसन्धानमा काम गर्ने छिन् भनेर उनलाई पहिलेदेखि नै थाहा थियो । तर १७ वर्षको छँदा उनले कहाँबाट शुरू गर्ने भन्ने कुराको भेउ पाइनन् । पहिलो खुड्किलोको रूपमा उनले इस्ट एङ्गलिआ विश्वविद्यालयबाट बायोलोजीमा स्नातकोत्तर गरिन् र त्यसपश्चात् बायोकेमेस्ट्रीमा विद्यावारिधी गरिन् । त्यसपछि उनले बायोटेक्नोलोजी उद्योगबारे पोस्ट–डक अनुसन्धान गरिन् जहाँ उनले औषधि उत्पादनबारे ज्ञान पाइन् ।

सन् १९९४ दखि प्राध्यापक अक्सफर्ड विश्वविद्यालयमा वरिष्ठ पोस्ट–डकको पद सुनिश्चित गरेकी छन् र उनले जेनेटिक्स, होस्ट–पारासाइट तथा मलेरियाबारे काम गरेकी छन् । अन्ततः उनको अनुसन्धानले खोप विकास गर्ने कामतर्फ डो¥यायो ।

सन् १९९४ मा प्राध्यापक गिल्बर्टले तिम्ल्याहा सन्तानको जन्म दिइन् । त्यसको एक वर्षपछि उनी विश्वविद्यालयमा लेक्चरर भइन् । ‘काम र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन बडो गाह्रो हुन्छ,’ उनी भन्छिन् । ‘यदि परिवारको कसैको सहयोग रहेन भने असम्भवजस्तै लाग्छ । मेरा तीन सन्तान थिए र उनीहरूको नर्सरीको शुल्क मेरो तलबभन्दा बढी हुन्थ्यो ।’

उनका जीवनसाथीले त्यतिबेला कामलाई थाती राख्न र बच्चाहरूको हेरचाह गर्न भने । त्यस बेला उनलाई एकदमै गाह्रो थियो । ‘सुत्केरी बिदा जम्मा १८ हप्ताको थियो । मैले समय नपुग्दै जन्मिएका तीन सन्तानको हेरचाह गर्नुपरेको थियो, एकदमै तनावपूर्ण थियो,’ यी वैज्ञानिकले आफ्नो अनुभव सुनाइन् ।

तर प्राध्यापक गिल्बर्टका अनुसार वैज्ञानिक हुनुको सबैभन्दा राम्रो पाटो के हो भने अरू पेशामा जस्तो तपाईँले सधैँ घण्टौँ काम गर्नुपर्दैन । हुन त कहिलेकाहीँ स्थिति जटिल पनि भइदिन्छ । तीनटा सन्तान हुर्किएपछि स्थिति केही सहज भयो ।

‘हुन त अहिले मैले प्रयोगशालाको नेतृत्व गरिरहेकी छु तर मैले सिक्काको अर्को पाटो पनि हेरेकी छु,’ उनी थप्छिन् । प्राध्यापक गिल्बर्टका तिम्ल्याहा सन्तान अहिले २१ वर्षका भए । उनीहरू पनि आमाजस्तै बायोकेमिस्ट बन्न चाहन्छन् ।

खासमा उनीहरूलाई आफ्नी आमाको काममा यति रुचि छ कि कोभिड–१९ (कोरोना भाइसर) विरुद्धको खोपको परीक्षणका लागि स्वयंसेवी बन्ने उनीहरूले निर्णय गरे । ‘हामीले १८ देखि ५५ वर्ष उमेर भएका मानिसहरूमा खोपको परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भनिन् । प्राध्यापक गिल्बर्टले खोप परीक्षणका निम्ति वैज्ञानिकहरूको एउटा राम्रो समूह खोजिरहेकी थिइन् । आफ्नै परिवारबाट त्यसका लागि सहयोग पाएकोमा उनी खुशी भएको हुनुपर्छ । आफूलाई कुनै चिन्ता नलागेको पनि उनी बताउँछिन् ।

‘हामीले यसअघि धेरै पटक यस्ता खोपको प्रयोग गरेका छौँ । अतः हामीले केही आश्चर्यजनक कुरा हुने अपेक्षा गरिरहेका छैनौँ,’ प्राध्यापक गिल्बर्टले थपिन् । उनका अनुसार अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा ‘महामारी फैलिनबाट रोक्नका निम्ति क्लिनिकल ट्रायलमा केन्द्रित भइरहेका छौँ र हामीले उत्पादनमा तीव्रता दिइरहेका छौँ ।’ (बिबिसी)

प्रतिक्रिया