काठमाडौं । कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। साउन ६ गते वीरगञ्जमा मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएका वीरगंज महानगरपालिका–६ का ७० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।
मृतकलाई निमोनिया र श्वासप्रश्वासको समस्याले ग्रस्त भएपछि साउन ५ गते वीरगंजस्थित एडभान्स हस्पिटल लगिएको थियो । त्यहाँबाट कोभिड अस्पताल रेफर गरिएको उनको उपचारका क्रममा मृत्यु भएको थियो । नेपालमा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
प्रतिक्रिया