काठमाडौं । नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मंगलबार राति मृत्यु भएको हो ।
महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारका लागि प्रतिष्ठानमा आउदा सिकिस्त अवस्थामा रहेका उनलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो। उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि मंगलबार नै आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो।
बिरामीमा रुघाखोकी र ज्वरो आएको अस्पतालले जनाएको छ । उनको शव मंगलबार साँझ नै महोत्तरी पठाइसकिएको छ। यसबारेमा स्वास्थ्य मन्त्रलायले भने आधिकारिक पुष्टि गरेको छैन्।
प्रतिक्रिया