शाही र कार्की एआईजी बढुवामा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरिक्षक (डीआईजी) निरज शाही र प्रधुम्न कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

समितिको सिफारिस बमोजिम सरकारले उनिहरुलाई पदस्थापन गर्नेछ । तर, त्यसका लागि अझै एक साता कुनुपर्ने हुन्छ । अब एक साताभित्र कुनै उजुरी नपरे सरकारले उनीहरुलाई एआईजीमा पदस्थापन गर्नेछ ।

शाही र कार्की वर्तमान महानिरीक्षक शैलेश थापाकै ब्याची हुन् । उनीहरु एकैपटक डीआईजीमा बढुवा भएका थिए । तर एआईजी बढुवामा यो ब्याचबाट दुई जना पर्दा हरि पाल र शैलेश थापा बढुवा भए ।

प्रहरीका आईजी र तीन एआईजी एउटै ब्याची हुनेछन् । बढुवा समितिको यो निर्णयसँगै भावि आईजीपी डीआईजीबाट सिधै बढुवा गर्नुपर्ने भएको छ । आईजीसँगै सबै एआईजी २२ महिनापछि अवकास पाउनेछन् ।

प्रतिक्रिया