रोशनीले ल्याइन् ‘आए बिन्ती गरन’

काठमाडौं । गायिका रोशनी पन्तको आवाजमा रहेको भजन गीत ‘आए बिन्ति गरन’ को भिडियो सार्वजनिक भएको छ । अञ्जना डिजिटल म्युजिक प्रालिमार्फत सार्वजनिक भएको उक्त गीतमा भगवान शिवको प्रंशसा र महत्वलाई समेटिएको छ । गीतमा वसन्त पन्तको शब्द तथा रोशनी पन्तको लय सिर्जना रहेको छ । गीतमा तेजेन्द्र दुराको एरेञ्ज रहेको छ ।

गायिका पन्तले मानव जगतको कल्याणको कामना गर्दै गीत ल्याएको बताइन् । गीतको भिडियोमा दीपक गिरीको छायांकन, निशान एसकेको सम्पादन तथा निर्देशन रहेको छ । भजनको भिडियोमा निशान एसके र प्रंशसा परी सुनार लगायतका कलाकारको अभिनय तथा नृत्य रहेको छ ।

प्रतिक्रिया