राजुको आवाजमा ‘ए माया’

काठमाडौं । रानी क्रियसनको प्रस्तुतिमा गायक राजु विरही र गायिका मिना नेपालीको स्वरमा मौलिक काठे भाकामा आधारित गीत ‘ए माया’ सार्वजनिक भएको छ । प्रेमभाव युक्त गीतमा सावित्रा डंगोलको शब्द तथा राजु विरहीको लय सिर्जना रहेको छ ।

प्रेमिप्रेमिकाबीचको मायाको भाव व्यक्त गरिएको गीतको एरेञ्ज सञ्जय श्रीपालले गरेका छन् । भिडियोमा मरुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन तथा गायक विरहीकै निर्देशन रहेको छ । गीतको भिडियोमा आयुष्मा कार्की र राजु विरहीको अभिनय छ ।

प्रतिक्रिया