आज थपिए ११६ जना संक्रमित, कुल संख्या १७ हजार १७७ पुग्यो

काठमाडौं । बुधबार ११६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ११६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७ हजार १७७ जना पुगेको छ ।

पछिल्लो पटक बुधबार जना संक्रमित थपिएका हुन् । यसैगरी ११ हजार २५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६९७ जना संक्रमित उपचारपछि निको भएर घर फर्कीएको डा. गौतमले बताए । त्यस्तै, यही संक्रमित मध्येबाट ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया