बलिउड अभिनेत्री रेखा क्वारेन्टाइनमा

बलिउड अभिनेत्री रेखा आफ्नै घरमा क्वारेन्टाइनमा बसेकी छिन् । उनको एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । रेखा बस्ने घरमा होम क्वारेन्टिनको स्ट्याम्प लगाइएको छ ।

रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएको पत्ता लागेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी) ले शनिबार यो बंगलालाई सील गरेको छ । बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ ।

प्रतिक्रिया