तनहुँमा पहिरोमा परी एकै घरको पाँच जना बेपत्ता

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जनाको जिवितै उद्दार गरिएको छ।

आइतबार राति करिब २ बजेतिर गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिकाले जनाएको छ । पहिरोमा परी स्थानीय आनबहादुर सुनारीको घर पुरिँदा सुनारीका दुई छोरा र दुई बुहारी र एक नातिनी बेपत्ता भएको तनहुँ प्रहरीले जनाएको छ।

सुनारीकी श्रीमतीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरीले बेपत्ताहरूको खोजी कार्य सुरु गरेको तनहुँ प्रहरीले जनाएको छ।

प्रतिक्रिया