‘बदमास’ मा सोनिका

काठमाडौं । गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ को भिडियो सार्वजनिक भएको छ । शब्द विक्रम सुन्दासको शब्द रहेको यस गीतमा भीम बिसीले संगीत भरेका छन् । गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।

दिलिप ओखेडाले निर्देशन गरेको गीतको भिडियोमा सोनिका रोकाया, दीपेन्द्र सोनाम तथा चिरञ्जीवीको अभिनय छ । उत्सव दाहालले छायांकन गरेको उक्त गीतको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया