संखुवासभामा पहिरोः ११ जना बेपत्ता, आठ घर बग्यो

फाइल तस्बिर

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिकामा लगातार परेको वर्षासँगै पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् ।

शनिबार राति गएको पहिरोका कारण ११ जना बेपत्ता भएका छन् भने तीन जनाको जिवितै उद्दार गरिएको छ। सिलिचोङ गाउँपालिका–१ का भीमबहादुर राईकोसहित आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। सिलिचोङ गाउँपालिका–२ स्थित सिसुवा प्रहरी चौकी र वडा नम्बर ३ मा रहेको ताम्गुको प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

घटनास्थल विकटमा रहेको र पानी परीरहेकोले बिच बाटोमा झरेको स–साना पहिरोले उद्दारमा गएको टोलीलाई सिलिचोङ पुग्न समस्या परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया