झापामा बाढीले एक जनाको मृत्यु

काठमाडौं । झापामा लगातारको वर्षा पछि बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

बिरिङ खोलाले बगाएर झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको रेडक्रस झापाले जनाएको छ । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएका उनलाई शनिबार साँझ स्थानीयले मृतावस्थामा फेला पारेका थिए ।

यस्तै कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन् । त्यसै गरी शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ ।

प्रतिक्रिया