अमिताभ र अभिषेक बच्चनलाई कोरोनाा संक्रमण

काठमाडौं । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

बच्चले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। उनले ट्विटमा आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएकोले आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

कोरोना संक्रमण देखिएपछि उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पछिल्लो समय उनी फिल्म सुटिङमा पनि सक्रिय थिए।

समाचार एजेन्सीका अनुसार उनीसँगै उनको छोरा अभिषेक बच्चनलाई समेत कोरोना संक्रमण देखिएको छ । उनी पनि बाबुसँगै सोहि अस्पतालमा भर्ना भएका छन् । उनको परिवारको अन्य सदस्यको पनि कोरोना परिक्षण गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया