ट्रम्पले पनि लगाए मास्क

कोरोना भाइरस महामारी सुरु भएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक रुपमा देखापरेका छन्।

ट्रम्प मास्क लगाएर आफ्ना घाइते सैनिक भेट्न वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टर पुगेका हुन्। अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु ठूलो काम भएको उनले बताए।

आफू मास्क विरोधी नभएको भन्दै ट्रम्पले स्थानविशेष र निश्चित समयमा मात्र यो आवश्यक पर्ने दावी गरेका छन्। ट्रम्पसँगै रहेका कर्मचारीहरु पनि उनीसँगै यो पटक मास्क लगाएरै देखा परेका छन्।

कोरोना महामारी सुरु भएयता मिडियाहरुले पहिलोपटक मास्क लगाएका ट्रम्पको फोटो सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया