तनहुँमा क्वारेन्टाइनमा बसेका बृद्धको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् ।

भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टाइनमा बसेका उनको बिरामी भएपछि उपचारको लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

मृतकको शव गण्डकी अस्पतालमा राखिएको र स्वाब संकलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ । मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया