कोरोनाबाट अभिनेता अरुणको निधन

मुम्बई । बंगाली चलचित्रका अभिनेता अरुण गुहा ठाकुरताको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना पोजिटिभ देखिएपछि कोलकाताको केएमआर बांगुर अस्पतालमा उपचाररत् अरुणको मंगलबार दिउँसो निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको कोरोनाकै कारण मृत्यु भएको हो । उनलाई ६ जुलाईमा कोरोना पुष्टि भएको थियो । त्यसपश्चात् उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएसँगै उनको स्वास्थ्य अवस्था बिगँ्रदै गएको डाक्टरले बताए ।

बंगाली अभिनेत्री सुदीप्ता चक्रवर्तीले सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जलि दिँदै लेखेकी छन्, ‘अरुण दाइ मलाई तपाईंसँग धेरै फिल्म खेल्ने सौभाग्य प्राप्त भयो ।

तपाईंको शिल्प, समर्पण र प्रतिभाको सन्दर्भमा, तपाईं त्यस दुर्लभ प्रजातिहरूको हुनुहुन्छ, जुन बिस्तारै हराउँदै छ । तपाईको आत्माले शान्तिमा पाओस्, अरुण दाइ ।’ त्यस्तै अर्का अभिनेता प्रोसिनजित चटर्जीले उनको निधनप्रति दुःख व्यक्त गर्दै सधैं सम्झिरहने बताएका छन् ।

प्रतिक्रिया