चौधरीलाई समाजको सहयोग

काठमाडौं । विगत ४ महिनादेखि उपचाररत् चलचित्र निर्देशक किशोर चौधरीलाई चलचित्र निर्देशक समाजले आर्थिक सहयोग गरेको छ । चितवन मेडिकल कलेजमा उपचाररत् चौधरीलाई समाजले चलचित्र विकास बोर्डको कल्याणकारी कोष तथा अमेरिकामा रहेका फिल्म निर्देशकबाट प्राप्त रकम आर्थिक सहयोग गरेको हो ।

निर्देशक चौधरी कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइरहेका छन् । अमेरिकामा रहेका निर्देशकबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ र नेपाल चलचित्र विकास बोर्डको कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरी ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई दिइएको समाजका महासचिव जनकदिप पराजुलीले जानकारी दिए । चौधरीले चलचित्र ‘मिस कल’ निर्देशन गरेका छन् । उनी लेखक, निर्माता, गीतकार तथा नृत्य निर्देशकका रुपमा समेत परिचित छन् ।

प्रतिक्रिया