दर्शकको रोजाइमा, सम्झनाको ‘होहोनी माया’

काठमाडौं । लोक गायिका सम्झना लामिछाने मगरले नयाँ तीज गीत ‘होहोनी माया’ सार्वजनिक गरेकी छन् । उक्त गीतको भिडियो युट्यूब च्यानलमार्फत सार्वजनिक भएको २४ घण्टा नबित्दै ५२ हारभन्दा बढी दर्शकले मन पराइसकेका छन् ।

खुमराज घिमिरेले शब्द संकलन तथा संगीत भरेको उक्त गीतमा गायिका लामिछानेलाई अर्का गायक सुमन सागर जंग केसीले आवाजमा साथ दिएका छन् । त्यस्तै, कमल सौरागले संगीत संयोजन गरेको गीतको भिडियोमा सुमन सागरको निर्देशन रहेको छ भने गोकुल अधिकारीले खिचेका हुन् ।

साथै, उक्त भिडियोमा गायिका सम्झना लामिछाने सँगै सुमन सागर जंग, खड्ग बहादुर पुन, विश्वास नेपाल, खुमराज घिमिरे, विमला कार्की, सर्मिला शर्मा, तिलक कोईराला, सुरज खनाल, सुरेश क्षितीज, बास्मती केसी लगायतको अभिनय छ ।

नजिकै आइरहेको तीजको अवसर पारेर फरक शैलिको गीत र भिडियो बजारमा ल्याएको गायिका लामिछानेले बताइन् । उनको आफ्नै युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया