आज थपिए ११८ जना संक्रमित, कुल संख्या १६,६४९ पुग्यो

काठमाडौं । शुक्रबार ११८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ११८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १६,६४९ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार ११८ जना संक्रमित थपिएका हुन् । यसैगरी, ८,०११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया