पहिरोले एकै परिवारको तीन जनाको मृत्यु, तीन घाइते

फाइल तस्बिर

काठमाडौं । लमजुङको बेसीसहरमा गएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बिहीबार राति बेसीसहर नगरपालिका–७ सातबीसेमा १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ।

पहिरोको खबर पाएर राति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको प्रहरीने बताएको छ ।

घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको थापाले जानकारी दिए। उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया