माक्स नलगाउनेलाई जरिवाना, एक घण्टा प्रशासनमा कुर्नुपर्ने

कालिकोट । बढ्दै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कालिकोटमा झन् कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढेको भन्दै नागरिकलाई घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

माक्स नलाई अटेर गरेर कामविना घरबाहिर जादाँ–आउँदा मास्क नलगाइ र भीडभाड गर्नेलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गरेको छ । कार्वाहीको प्रक्रिया निरन्तर चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले महामारीबाट बच्न–बचाउन सवैले सहयोग गर्नुपर्ने बताउँदै मास्कविना हिँडडुल गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमित रोग ऐन २०२० बमोजिम कडा कारबाही गरिने बताए ।

गृहमन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न निर्देशन दिएको थियो । गृहमन्त्रालयको निर्देशन अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय कालिकोटले सूचना जारी गर्दै घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्ने जनाएको हो । मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार कारबाही गर्ने परिपत्र गरेको हो ।

सरकारले गत असार १ गतेबाट लकडाउन खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाएपछि मास्क नलगाउने, भौतिक दूरी कायम नगर्ने, बिनाकाम बाहिर निस्कने, भीडभाड गरेको र संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले ७७ वटै जिल्लाका प्रहरी कार्यालयलाई परिपत्र गरेको छ । कालिकोटका सबै ईलाका प्रहरी चौकिलाई पनि लकडाउन कडाइ गर्न र मास्क नलगाउने लाई तुरुन्तै प्रकाउ गर्न निर्देशन दिएको छ । कोरोना भाइरसका कारण कालिकोटमा फैलिएको महारीले झन् तिव्र रुप लिँदै गएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया