हजुरआमाको हत्यारा जेलबाट हत्कडीसहित फरार

कैलाली । कैलालीमा हजुरआमाको हत्यारा युवक प्रहरी थुनाबाट हत्कडीसहित फरार भएका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका– ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट फरार भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको पुष्टि गरेका छन् ।

उनको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्ष जबराले बताए ।

ऐर ७५ वर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए । उनले मंगलबार दिउँसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया