अध्यक्ष र कर्मचारीबीच आरोप प्रत्यारोप, कामकाज अवरुद्ध

मुगु । मुगुस्थित सोरु गाउँपालिकाका प्रमुख र कर्मचारीहरु बीच पालिकामा अनियमिताबारे आरोप प्रत्यारोप सुरु भएको छ । गत आइतबार पालिकाका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकिय अधिकृत धान्य बुढा र लेखापाल जेठबहादुर बुढाले कोरोना राहत कोषको १९ लाख र गिलाह नुवाकोट सडकको ९ लाख २१ हजार अनियमितता र पालिकाको छापको दुरुपयोग गर्दै मादक पदार्थ माग गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय मुगुमा कारवाहिको माग गर्दै उजुरी दिएका थिए ।

उक्त उजुरीका साथ प्रमुख शाहीले सडक निमार्णमा स्काभेटर प्रयोग गरेको विल, कामदारको ज्यालाको डोरहाजिरी, ८ नं वडा कार्यालयको भुक्तानी सिफारिस, टिप्पणी आदेश र पालिकाको छाप प्रयोग गरि मादक पदार्थ (रक्सी) माग गरिएको अर्डर स्लिप संलग्न गरेका थिए । आफू र लेखापालविरुद्घ पालिका अध्यक्षले उजुरी गरेपछि मंगलबार दुई दिनपछि प्रमुख प्रशासकिय अधिकृत धान्य बुढा र लेखापाल जेठ बहादुर बुढासहित पालिकामा कार्यरत २ दर्जन बढी कर्मचारीहरुले आफ्ना प्रमुख प्रशासकिय अधिकृत र लेखापालको कार्यकर्ताको बचाउ गर्दै जिल्ला प्रशासनमा अध्यक्ष शाहिविरुद्घ उल्टै उजुरी दिनुका साथै प्रेस बिज्ञप्ती समेत जारी गरीएको छ ।

प्रमुख प्रशासकिय अधिकृत बुढासहित ८ जना कर्मचारीको दस्तखतमा अध्यक्ष शाहीविरुद्घ दिइएको उजुरीमा वडा नं ६ मा पर्ने झिरझिर पानीदेखि खोची खोला सम्मको सडक मर्मत गर्ने कार्यमा कार्यालय सहायक चन्द्र दमाईको नाममा पेश्किी फच्र्छयौट गरि २ लाख ८४ हजार आफ्नै खातामा लिएको, गाडी मर्मतका नाम २ लाख लिए पनि पुुनः अर्को विल प्रयोग गरि पुनः १ लाख १७ हजार भुक्तानी लिई आर्थीक अनियमितता गरेको, जिन्सी शाखाबाट विभिन्न सामान तथा सवारीसाधनहरु लिइ आफ्नो घर र नातेदारले प्रयोग गरि चरम पदीय दुरुपयोग गरेको, आफ्ना छोराले स्थापना गरेको ह्याचरीलाई पालिका अध्यक्ष कोषबाट ९ लाख पेश्की दिएको, का.स चन्द्र दमाईको नाममा जनप्रतिनिधि तालिम कार्यक्रम शिर्षकबाट ३ लाख लिए पनि हालसम्म तालिम संचालन नगरेको,भ्रमण खर्च वाफत १ लाख पेश्किी लिएपनि अझै सोको विल, भरपाई पेश नगरेको, एकल टिप्पणी आदेशमा अक्तियार दुरुपयोग अनुशन्धान आयोगमा अनुसन्धानको क्रममा रहेका योजनाहरुलाई भुक्तानी दिन दवाव दिई भुक्तानी लिएको जस्ता ११ वटा आरोप लगाउँदै पदिय दुरुपयोग र आर्थिक अनियमितता गरेको भन्दै कानून अनुसार कारवाही र अनुसन्धान गरिदिन भनिएको छ ।

मंगलबारै कर्मचारीहरुबाट जारी गरिएको प्रेस विज्ञप्तिमा आईतबार पालिका अध्यक्ष शाहीले जिल्ला प्रशशासन कार्यालयमा पेश गरेको उजुरीको खण्डन गरिएको छ । विज्ञप्तिमा भनीएको छ, ‘पालिका शाहीले प्रमुख प्रशाकिय अधिकृत र लेखापालद्वय बुढालाई लगाएको आरोप कपोकल्पित र कुनै सत्यतामा आधारित छैन, बरु अध्यक्ष शाहीले तारापानी–नुवाकोट–रुम सडकको अन्तिम भुक्तानीमा १ लाख ५० हजार, प्रकोप व्यवस्थापन कोषबाट ३ लाख घुस माग्दा उपभोक्ता समिति र कार्यालय प्रमुख, लेखापालले नदिएपछि सडकको नक्कली कागजात आफैँ बनाई सार्वजनिक गरेको, प्रमुख प्रशासकिय अधिकृतले आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्राईबेट होटेलमा दिएको अर्डर स्लिपमा अध्यक्ष स्वयंले लिई कार्यालयमा छाप लगाई बदनाम गरेको, अध्यक्षले पालिका केन्द्रका विभिन्न होटेलमा मादक पदार्थ खाएको ठाँउमा अन्य सामानको विल हाली पटक पटक भुक्तानी लिइएको छ ।’

कामकाज अबरुद्ध गाँउ परिषद् पनि अनिश्चित

सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापालको बचाउ गर्दै गाँउपालिका भरिका सम्पूर्ण कर्मचारीहरु सोमबार जिल्ला सदरमुकाम गमगढीमा आएपछि पालिकाबाट दैनिक सम्पादन हुने सम्पूर्ण कामकाजहरु अबरुद्ध भएका छन् । कर्मचारी जिल्लामा आएपछि असार २४ गते तोकिएको गाउँसभा पनि अनिश्चित भएको छ ।

संवैधानिक व्यावस्था अनुसार गाउँसभा असार १० भित्र सुरु गरिसक्नु पर्ने व्यावस्था भएपनि पालिका प्रमुख र कर्मचारी विचको बिवादका कारण सोरु गाउँपालिकाको सातौँ गाउँसभा अनिश्चित हुने देखिएको छ ।

आर्थिक वर्षको अन्तमा पालिका प्रमुख र कर्मचारी विचको विवादका कारण संघ, प्रदेश र स्थानिय सरकारहरुबाट संचालित विकास योजना तथा कार्यक्रमहरुको भुक्तानी रोकीएका छन् भने पालिका मातहतका विद्यालय, स्वास्थ्य संस्था र शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले तलव भत्ता पाउन सकेका छैनन् ।

 

प्रतिक्रिया