प्रियंका ‘द मेट्रिक्स ४’ मा

मुम्ब्ई । अभिनेत्री प्रियंका चोपडा चर्चित एक्सन साइन्स फिक्सन मेट्रिक्सको चौथो श्रृंखलामा काम गर्ने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनी सो चलचित्रमा अनुबन्धित भएकी छन् । चलचित्रमा अभिनेत्री प्रियंका अनुबन्धित भएको खबर बाहिरिए पनि उनको भूमिका बारेमा केही खुलाइएको छैन ।

चलचित्रमा क्यारी एनी मोस, नेल प्याट्रिक ह्यारिस र यह अभ्दुल–माटिन पनि प्रमुख भूमिका हुने जनाइएको छ । यो चलचित्रको हालैमात्र बर्लिनमा पुनः काम सुरू भएको छ । मार्चमा कोरोना महामारी सुरू भएपछि चलचित्रको काम रोकिएको थियो । तैपनि चलचित्रको सान फ्रान्सिस्कोको काम भने कोरोनाका कारण लगाइएको लकडाउन अगावै सकिएको थियो ।

चलचित्रका एक्सन दृश्यका लागि कलाकारले हप्तौसम्म प्रशिक्षण लिइएको खबरमा जनाइएको छ । ‘द म्याट्रिक्स ४’ दुई वर्षपछि सन् २०२२ को अप्रिल १ मा रिलिज हुने निर्माण पक्षले उल्लेख गरेको छ । अभिनेत्री प्रियंका पछिल्लो पटक सोनाली बोसको ‘द स्काइ इज पिंक’ मा देखिएकी थिइन् ।

सो चलचित्र गत वर्षको अक्टोबरमा रिलिज भएको थियो । ‘द म्याट्रिक्स ४’ को पहिलो भाग सन् १९९९ मा रिलिज भएको थियो । यस चलचित्रमा कानु रिभ्सले ‘नियो’ को भूमिकालाई निरन्तरता दिनेछन् । चलचित्रको पछिल्लो शृंंखला ‘द मेट्रिक्स स रिभोलुसन’ सन् २००३ मा रिलिज भएको थियो ।

प्रतिक्रिया