डा. उपाध्यायको गीत सार्वजनिक

काठमाडौं । गीतकार डा. डिआर उपाध्यायको बुक अफ वल्र्ड रेकर्ड प्राप्त गर्न सफल गीत ‘मायाको सागरमा’ सार्वजनिक भएको छ । लिरिकल भिडियोसहित गीत डीआर म्युजिक क्रिएसनले बाहिर ल्याएको हो ।

गीतकार उपाध्यायले यही गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेर गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेका थिए । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’, डा. डिआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ ।

प्रतिक्रिया