गुरुङ र मगर सम्मानित

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं क्रिएटिभ युथका संस्थापक अध्यक्ष गनिका गुरुङ र पूर्वअध्यक्ष अनिल बुर्जा मगरलाई वल्ड बुक अफ रेकर्ड, लण्डनले ‘स्टार २०२०’ बाट सम्मानित गरेको छ ।

समाजसेवी तथा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक (३२५ ए वान) का डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिएसटी मल्टिपल कोओर्डिनेटर लायन अन्नतप्रसाद भेटुवाल, भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, ¥यापर निर्णय श्रेष्ठ र पिइएफका अध्यक्ष विष्णु पोखरेलको विशेष उपस्थितिमा राजधानीमा गुरुङ र मगरलाई ‘स्टार २०२०’ को प्रमाण–पत्र प्रदान गरिएको हो ।

वल्र्ड बुक अफ रेकर्ड, नेपालका अध्यक्ष सागर कटवालका अनुसार वल्र्ड बुक अफ रेकर्ड विश्वव्यापी रूपमा रेकर्डहरू प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, केन्या, मोरिसिस, भारत, सिंगापुरबाट आफ्नो गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वल्र्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक, सांस्कृतिक, सांगीतिक लगायतका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ । यही सन्दर्भमा वल्र्ड बुक अफ रेकर्डले कोभिड–१९ को महामारी र लकडाउनको अवस्थामा विभिन्न मानवीय सेवा कार्यमार्फत विशेष योगदान पु¥याएको भन्दै गुरुङ र मगरलाई सम्मानित गरेको हो ।

उनीहरु ८ वर्षदेखि निरन्तररूपमा समाजसेवामा सक्रिय छन् । दुवै लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एवानको सदस्य हुन् । उनीहरुले चेपाङ बस्तीदेखि संखुवासभा, मुगुदेखि बाजुरा हुँदै अनेक दैविक प्रकोप, बाढीपहिरो र अहिले कोभिड–१९ महामारीको बेलामा पनि सामाजिक काममा सक्रियता देखाएका छन् ।

उनीहरुले ‘हङ्गर रिलिफ प्रोग्राम’ र रक्तदान कार्यक्रममार्फत सेवाकार्यलाई विशेष रुपमा अघि बढाएका थिए । दुवैलाई वल्र्ड बुक अफ रेकर्डका अध्यक्ष सन्तोष शुक्ला, वल्र्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवाललगायत नेपाल र लण्डनका विशिष्ट व्यक्तित्वले बधाई दिएका छन् ।

प्रतिक्रिया