सरिता गिरीलाई पदबाट निष्कासन गरेकोबारे संसद सचिवालयलाई जानकारी

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिन नेपालले जारी गरेको नयाँ नक्सा सम्बन्धी भारतको पक्षमा उभिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई आज जानकारी गराएको छ ।

गिरीलाई मंगलबार आफ्नै पार्टीले कारबाही गरेर पार्टीको साधारण सदस्य र सांसद पदबाट समेत निष्कासन गरेको थियो ।मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्‍वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

साथै, आज निष्कासीत गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र लिएर समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठ सिंहदरबारस्थित सचिवालय गएका थिए । संसद सचिवालयले गिरीलाई सांसदबाट निलम्बन गरेपछि त्यसको जानकारी निर्वाचन आयोगलाई दिइने जनाइएको छ ।

प्रतिक्रिया