पहिलो वार्षिकोत्सवमा बृक्षारोपण

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाको लायन्स क्लब अफ दुल्लुले आफ्नो वनर्षिकोत्सवको अवसर पारेर बृक्षारोपण गरेको छ । दुल्लु नगरपालिका भित्र सामाजिक काममा अग्रसर देखिएको लाइन्स क्लबले दुल्लु नगरपालिका भित्र रचनात्मक काम गर्दै यस पटकको बार्षिकोत्सवको अवसर पारेर बृक्षारोपण गरेको हो ।

आफ्नो पहिलो वार्षिकोत्सवमा दुल्लूका विभिन्न ठाउँमा बृक्षारोपण गरिएको क्लवले जनाएको छ । लायन्स क्लब अफ दुल्लुका अध्यक्ष नारायण प्रसाद उपाध्यायको अध्यक्षतामा दुल्लुको द्रोणचल क्याम्पस परिसर तथा दुल्लु नगरपालिकाको कार्यालय परिसरमा सुन्तला, किमु लगाएत स्थानिय स्तरमा उपलब्ध हुने बोटविरुवाहरु लगाएको लायन्स क्लब अफ दुल्लुका स्वास्थ्य निर्देशक कपिल खनालले जानकारी दिए ।

दुल्लू नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालको विशेष आतिथ्यमा बृक्षारोपण कार्यक्रम गरिएको थियो । वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ दुल्लुका प्रथम उपाध्यक्ष लायन्स चन्द्र पोख्रेल, सचिब लायन्स जनक बुढा ,कोषाध्यक्ष लायन्स तिर्थ कार्की लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया