आकाशियो सुनको मूल्य, प्रतितोला ९१ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । यतिबेला नेपाली बजारमा बुधबार सुनको मूल्य आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबा प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको छ ।

साथै, तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया