नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आजका लागि बोलाएको स्थायी कमिटी पुनः स्थगित भएको छ।

बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक आज विहान बैठक विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

पार्टी भित्र देखिएको विवाद मिलाउन र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ ।

सोमबार र मंगलबार लगातार दुई अध्यक्षले एक्लाएक्लै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको जनाइएको थियो तर अन्तिममा आएर बैठक स्थगित गरिएको छ।

असार १० गतेदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गरेका थिए। विवाद समाधानका लागि दुई अध्यक्ष एक्ला एक्लै छलफलमा छन्।

पार्टीमा विवाद चर्किएको बेला पटक–पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएको बेला पार्टी विधि र पद्दती अनुसार चल्नु पर्ने र एक भएर अघि बढनु पर्ने भन्दै केही दिनदेखि केही केन्द्रीय सदस्य र पार्टीको कार्यकर्ताले धुम्बराही पार्टी कार्यलयमा धर्ना दिँदै आएका छन् । उनीहरुले यथा सिध्र पार्टी केन्द्रीय कमिटी बैठकको समेत माग गरेका छन् ।

प्रतिक्रिया