नेपाल प्रहरीको आईजीपीमा शैलेस थापा नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक तथा नयाँ आईजीपीमा शैलेस थापा क्षेत्रीलाई नियुक्त गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त थापाले २२ महिना प्रहरी संगठनको नेतृत्व गर्ने छन् ।

थापा नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका हुन् । वर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउने छन् । त्यसै कारण थापालाई सरकारले नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

नयाँ प्रहरी महानिरीक्षकको लागि दुई एआईजीपी थापा र हरिबहादुर पालको नाम अगाडि आएको थियो । आईजीपीको मुख्य प्रतिस्पर्धामा थापासँग हरिबहादुर पाल थिए ।

प्रतिक्रिया