पाँच हजार घुससहित रंगेहात समातिए प्रहरी सहायक निरीक्षक

काठमाडौं । सर्लाहीका एक प्रहरी सहायक निरीक्षक पाँच हजार घुससहित रंगेहात समातिएएका छन् । सहायक निरीक्षक राम विश्वासराय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

आज सर्लाहीको इश्वरपुर नगरपालिका प्रहरी चौकीमा कार्यरत घुससहित कार्यालयबाटै रंगेहात पक्राउ परेका हुन् । पक्राउ परेका उनिमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएका थिए ।

प्रतिक्रिया