सरिता गिरीलाई पार्टीबाट निकालियो, सांसद पद पनि गुम्यो

काठमाडौं । भारतको पक्षमा उभिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई उक्त पार्टीबाट निकालिएको समाजवादी पार्टी स्रोतले जनाएको छ  ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिन नेपालले उक्त क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतको पक्षमा उभिएकी उनलाई समाजवादी पार्टीकै कार्यदलले आजै कारबाही गर्न सिफारीस गरेको थियो । साेही अनुसार पार्टीले कारबाही गर्ने निर्णय गरेकाे जनाइएकाे छ ।

भारतको बिहारमा माइत भएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरिएपछि उनलाई पार्टीले कारबाही गरी पार्टीबाट निकालिनुका साथै सांसद पदसमेत गुमेको छ । मंगलबार पार्टी कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सांसद गिरीले त्यसमा नेपालको दाबी नपुग्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । तर, उनलाई आफ्नै पार्टीले सो प्रस्ताव फिर्ता लिएर विधेयकको पक्षमा मतदान गर्नसमेत निर्देशन दिए पनि उनले मानेकी थिइनन् ।

प्रतिक्रिया