सरिता गिरीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिन नेपालले उक्त क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतको पक्षमा उभिएकी भारतकाे बिहारमा माइत भएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

सांसद गिरीलाई कारबाहीको लागि सोही समाजवादी पार्टीको कार्यदलले मंगलबार सिफारिस गरेको जनाएको छ । उनले नेपाली भूमि उक्त क्षेत्र समेटिएको नयाँ नक्साको निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

सांसद गिरीले त्यसमा नेपालको दाबी नपुग्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । तर, उनलाई आफ्नै पार्टीले सो प्रस्ताव फिर्ता लिएर विधेयकको पक्षमा मतदान गर्नसमेत निर्देशन दिए पनि उनले मानेकी थिइनन् ।

त्यसपछि गिरीको गतिविधिबारे छानबिन गर्न पार्टीले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उनलाई कारबाही गरेपछि सांसद गिरीको पद गुम्ने छ । देशका आम जनताले उनलाई देशद्रोहीको आरोप समेत लगाइरहेका छन् ।

प्रतिक्रिया