नेकपा कास्की जिल्ला सदस्य अधिकारीको दुर्घटनामा मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा ट्र्याक्टर दुर्घटनामा परी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला सदस्य रामचन्द्र अधिकारीको मृत्यु भएको छ ।

खेत जोतेर फर्किँदै गर्दा आफैँले चलाएको ट्र्याक्टर लाहाचोकस्थित बाटुलेथरमा आज बिहान पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवास हमालले जानकारी दिए ।

अधिकारीको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पताल परिसरमा अहिले नेकपामा जिल्लास्थित नेता कार्यकर्ता, परिवारजन तथा शुभचिन्तकको उपस्थिति रहेको छ । – रासस

प्रतिक्रिया