प्रतितोला ७०० रुपैयाँको दरले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७०० रुपैयाँको दरले बढेको जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार २०० रुपैयाँको दरले कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९० हजार ९०० रुपैयाँको दरले कारोबार भएको जनाइएको छ ।

जानकारी अनुसार तेजावी सुन प्रतितोलामा ९० हजार ४६० रुपैयाँमा खरिदबीक्री भएको छ । महासंघले जनाए अनुसार तोलामा ९५० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया