६३ सहसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ वरिष्ठ सहसचिवहरूलाई प्रदेश कार्यालयहरूमा खटाएको छ।

वरिष्ठ सहसचिवहरूलाई काठमाडौं बाहिर पठाउने नीति अनुसार उनीहरुलाई प्रदेशमा पठाएको जनाइएको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरूलाई विभिन्न कार्यालयहरूमा खटाइएको मन्त्रालय स्रोतले दाबी गरेको छ।

वरिष्ठ सहसचिवहरूले पहुँचको आधारमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो । असार १९ गतेको मन्त्रीस्तरीय निर्णय मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको हो।

त्यसमा हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ ।

प्रतिक्रिया