चारवटा सहकारी एकीकरणको घोषणा

काभ्रे । काभ्रेमा सहकारी एकीकरण माहाअभियान अन्तर्गत चारवटा सहकारीहरुले एकीरणको घोषणा गरेका छन् । मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ७, काभे्र, नमस्कार महांकाल ज्योती वहुउद्देश्यीय सहकारी संस्था लि. बनेपा–८, काभे, सिद्धार्थ बहुमुखी सहकारी संस्था लि. पनौती–६ काभे्र र पद्यमश्री बचत तथा ऋण सहकारी संथालि. मध्येपुर ठिमी न.पा. –३ कौशलटार भक्तपूरले काभ्रेको बनेपामा आईतबार एक कार्यक्रममाझ एकीकरणमा जाने अन्तिम घोषणा गरेका छन् ।

यि चारैवटा सहकारीहवीच एकीकरण गरी एउटै संस्था बन्ने भनि एक कार्यक्रमकावीच अन्तिम घोषणा गरेका हुन् । अन्तिम घोषण कार्यक्रममा एकीकृत संस्थाको नाम मनकामना बचत तथा ऋण सहकारी संस्था लि. रहने भनि अन्तिम सम्झौतामा उल्लेख गरिएको छ । असार २१ गते सम्पन्न एकीकरणको अन्तिम घोषणा कार्यक्रम बनेपास्थित पञ्चकन्या बैन्क्वैटमा सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहालले गरेका थिए ।

यस्तै, कार्यक्रममा बागमति प्रदेश सहकारी संयोजक तथा सहकारी अभियान्ता उद्धव सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । प्रमुख अतिथि सापकोटाले एकीकरणको प्रकृयाको विषय, एकीकरणको आवश्यताको बारेमा आफ्नो भनाई राख्दै एकीकरण अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मनकामना साकोसका प्रवन्धक राजकुमार दाहालले एकीकृत संस्थाको भावि कार्यक्रम र एकीकृत संस्थाको वासलात र वित्तीय विवरणको बारेमा जानकारी गराएका थिए ।

सोही जानकारी बमोजिम संस्थाको कार्यक्षेत्र काभे्र, भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला भरि रहने गरी प्रकृया अगाडि बढाउने, संस्थाको वासलात करिव १ अर्व ४० करोडको रहने, जगेडा कोष र अन्य कोष गरि कुल ७ करोड रहने, शेयर पूँजी करिव १७ करोड रहने, शेयर सदस्य करिव ६४०० रहने, केन्द्रीय कार्यालयसहित ५ ठाउबाट सेवा सञ्चालन गरीने बताए ।

एकीकृत सहकारी संस्थाको तदर्थ सञ्चालक समिति, लेखा समिति तथा कर्मचारी ब्यवस्थापनको घोषणा मनकामना साकोसका सल्लाहकार तथा एकीकरणको संयुक्त कार्यदलका संयोजक राजकुमार हुमागाँईले सभामा घोषणा गरेका थिए । सो घोषणा बमोजिम मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहाल तदर्थ समितिको अध्यक्ष,उपाध्यक्ष र सह–सचिव नमस्कार महांकालज्योतीबाट क्रमशः गोपाल प्रसाद घिमिरे र विकाश शर्मा तिमल्सिना, सचिव पद्यमश्री साकोसबाट होमनाथ ढुंगेल, कोषाध्यक्ष र लेखा समिति संयोजक सिद्धार्थ सहकारीबाट क्रमशः विदुर प्रसाद घिमिरे, मोट प्रसाद सापकोटा, र अन्य सदस्यहरुमा चारैवटा संस्थाबाट प्रतिनिधित्व हुने गरी घोषणा गरेका छन् ।

एकीकृत संस्थामा कर्मचारी ब्यवस्थापन अन्तर्गत एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृत मनकामनाका प्रवन्धक राजकुमार दाहाल, ब.प्रवन्धक नमस्कार महांकालज्योतीका सुजन जंगम, प्रवन्धक मनकामनाका सिताराम तिमल्सिना रहने तथा अन्य पदहरुमा अधिकृत–स.अधिकृत छैटौँ तहदेखि तीन तहसम्मका जम्मा २६ जना कर्मचारीको ब्यवस्थापन गरिएको जानकारी सोही कार्यक्रममा गरिएकोे थियो । सम्पूर्ण एकीकरण प्रकृयालाई टुंग्याउनको लागि चालु आ.व.को लेखापरिक्षण सम्पन्न भए पश्चात अन्य आवश्यक कागजात तयार गरी बागमती प्रदेश भूमि ब्यवस्था, सहकारी, कृषि तथा गरिविनिवारण मन्त्रालयमा श्रावण महिनाको दोस्रो हप्तामा प्रमाणपत्र बुझिलिन जानेसमेत निर्णय भएको छ ।

प्रतिक्रिया