लकडाउनभन्दा खुकुलो निषेधाज्ञा

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको निषेधाज्ञा लकडाउनभन्दा खुकुलो देखिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा पनि महामारी फैलिन सक्ने सम्भावनालाई रोक्न नेपाल सरकारले गत चैत ११ गतेबाट नेपाललाई लकडाउन गरेको थियो । कोरोना कयौँ वर्षदेखि हुँदै आएको एसइई परीक्षा समेत नगरेर आन्तरिक मुल्यांकनबाट नतिजा निकाल्ने निर्णय सरकारले गरेको छ ।

कक्षा ११ को परीक्षासमेत नहुने भएसँगै नेपालका सम्पूर्ण विद्यालयहरू यतिबेला बन्द छन् । कोरोना फैलिन नदिनको लागि सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्ने देखिन्छ । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउन गरेपछि यहाँका बजार तथा पसलहरू केही दिन ठप्प भए । त्यही मौका पारेर यहाँ कार्यस्थल बनाएका संघ संस्थाले राहत वितरण गरेर अहिले कोरोनाले देश तथा जिल्ला थिल–थिल हुँदा सबैले हात झिके । न यहाँ राहत न त प्रशासनको पनि निषेधाज्ञाको पालना नभएको देखिन्छ ।

लकडाउनको करिब ७५ दिन पछि जेठ २३ गते दैलेखमा निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा जारी गरेको दिन बजारमा केही हलचल भए पनि त्यसभन्दा पछाडि हालसम्म निषेधाज्ञा, लकडाउनभन्दा खुकुलो भएको छ । प्रशासनले निषेधाज्ञा जारी गरेको दिन दैलेखमा कोरोना संक्रमितको संख्या २१८ जना रहेको र १ जनाको मृत्यु भएको थियो ।

निषेधाज्ञा जारी गरेपछि अन्य २ जनाको मृत्यु भइसेको छ भने हालसम्म दैलेखमा कोरोना संक्रमितको संख्या कर्मचारी जनप्रविधिसहित ७ सय ८६ पुगेको छ । ७ सय ३ जनाले कोरोना जितेर घर गएका छन् । डिस्चार्ज हुनेको संख्या बढेसँगै जिल्लामा नै कोरोनाको छिटो परीक्षण हुने हुँदा कोरोना समुदायमा फैलिने र महामारीको रूप लिने अवस्था न्यून रहे पनि अवस्था जटिल नै देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

स्थानीय प्रशासनले गरेको निषेधाज्ञा अनुसार दैलेखका २ वटा स्थानीय तहमा लागू हुने गरी गरिएको निषेधाज्ञा खुकुलो हुँदै जानु प्रशासनले बजार अनुगमन नगरी कार्यालयबाट मात्रै निषेधाज्ञा निरन्तरता दिँदै आएको, पहुँच हुनेका गाडिलाई सहजै पास दिने गरेको दैलेखका स्थानीयबासीहरूले बताउने गरेका छन् । दैलेख जिल्ला प्रशासनको विज्ञप्ति अनुसार कोरोनाको संक्रमणबाट बच्न भेटघाट, जमघट र भीडभाड नगर्ने–नगराउन अनुरोध गरे पनि दैलेख बजारमा हुलका हुल गाडी र मान्छेको भिड देखिन्छन् ।

प्रतिक्रिया