पहिरो आयो भन्दा भन्दै बगायो

बझाङ । अविरल वर्षा संगै गएको पहिरोमा परी केदास्यू गाउँपालिका–८ स्थित मल्लेसगाउँका १७ वटा घर पुरिएको छ । घर पुरिदा वेपत्ता भएका ६ जनाको शव शनिवार साँझसम्म भेटिएको छ भने एक जनाको अझै अवस्था अज्ञात छ ।

राती एक बजे गाउँको माथिबाट पहिरो खसेपछि गाउका १७ वटा घर बगाएको स्थानीय लोकेन्द्र बहादुर विकले जानकारी दिएका छन् । शनिवार विहान स्थानीय र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाका शव निकालेको छ । आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया राममती जेठारा र उनकी १५ बर्षीया छोरी शान्ती जेठारा, ११ वर्षीया छोरा प्रयागराज जेठारा र छोरी ७ वर्षे अस्मीताको शव निकालेको छ । ८० वर्षका दले जेठारा, १२ बर्षीय सन्तु जेठाराको शव पनि निकालेको छ भने पहिरोमा पुरिएका २० बर्षीया गिरीजा जेठाराको खोजी भईरहेको छ ।

गाउँमा पहिरो गएकोे जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका सुरक्षाकर्मी शनिवार विहान घटनास्थल पुगेका थिए । गाउँमा पहिरो गएकोे जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी वलको टोली घटना स्थल पुगी पहिरोमा बेपत्ता भएकाहरूको उद्दार कार्य गरेको थियो ।

‘राती अविरल बर्षासहित गाउँ माथीबाट अलि अलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राती सवै घरबाट वाहिर निस्कियौ’, स्थानीयले भने, ‘उहाँहरु भाग्न नसकेर पहिरोमा पुरिए छन् ।’ गाउँको माथी पट्टी रहेको रातो पहाड सामुदायिक वनबाट पहिरो आएपछि १७ घरमा पुर्ण रुपले क्षति भएको छ । ‘गाउँ माथिको सामुदायिक वनमा पनि खुल्ला चरिचरन बन्द गरेको झण्डै एक दशक भई सकेको थियो । पहिरो आउने कुनै पनि सम्भावना थिएन । राती सुतेको अवस्थामा एकाएक पहिरो आउँदा आफुहरु बाँच्नै मुस्कील भयो’, त्रसित स्थानीयले भने । पहिरोमा परी २२ वटा भैसी , ६५ वटा बाख्रा , २४ वटा गाई गोरु समेत बगाएको छ ।

मध्य रातीको समयमापहिरो खस्दा मस्त निन्द्रामा सुती रहेका मल्लेसबासीको विचल्ली परेका छन् । पहिरोपछि मल्लेसबासी शोकमा डुबेका छन् । पहिरोमा घर पुरिएकाहरुले शरिरमा लगाएको लुगा कपडा बाहेक सबै पहिरोले लगेको बताए । पहिरोमा गाँउको झण्डै २० रोपनी जग्गामा लगाएको धान बाली पनि पुरिएको छ । सो गाउँमा ९० वटा परिवार बस्दै आएको थियो ।

प्रतिक्रिया